Shittalpati
नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौँ, नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको  राष्ट्रिय तथ्यांक कार्यालयले  जनाएको छ । कार्यालयका अनुसार नेपालीको  औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो ।

यसैगरी, नेपालको वार्षिक जनंख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ । कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसंख्या वृद्धिदर रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६० दशमलव एक प्रतिशत र संयुक्त परिवार ३९ दशमलव नौ प्रतिशत रहेको छ । बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बाग्मतीमा ५४ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update