शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
मंगलबार, जेठ १६, २०८०

गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण
मंगलबार, जेठ १६, २०८०
नेपाली काँग्रेस गुल्मीले स्थानीय जनप्रतिनिधिहरुलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । सोमबार संघीय सरकारले ल्याएको र स्थानीय तहमा ल्याउन लागिएको बजेट निर्माण र कार्यान्वयन सम्बन्धी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।

बजेटको आकार घटाइयो, पूँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान
मंगलबार, जेठ १६, २०८०
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ ।

बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा
मंगलबार, जेठ १६, २०८०
बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।

वृद्धवृद्धा भत्ता बढेन
सोमबार, जेठ १५, २०८०
यस पटकको बजेटमा वृद्धभत्ता बढेन । सरकारले सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धाले पाउँदै आएको ४ हजारलाई नै निरन्तरता दिएको छ । सरकारले ६८ वर्ष पुगेकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो ।
1685364932.jpg)
स्वास्थ्यको बजेट घट्यो, पर्यटनमा बढ्यो
सोमबार, जेठ १५, २०८०
आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यतर्फ बजेट घटेको छ भने पर्यटन क्षेत्रमा बढेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिर्दै बजेट ल्याएको हो ।

स्थानीय तह र प्रदेशको वित्तीय हस्तान्तरण घट्यो, कुन शिर्षकमा कति बजेट
सोमबार, जेठ १५, २०८०
सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै स्थानीय र प्रदेशको वित्तिय हस्तान्तरण घटाएको घोषणा गरेका हुन् ।

रेशम चौधरी जेलबाट छुटे
सोमबार, जेठ १५, २०८०
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जेलबाट छुटेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार ६ वर्षपछि जेलमुक्त भएका हुन् ।

नेपालको वार्षिक औसत तापक्रम वृद्धि
सोमबार, जेठ १५, २०८०
नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ ।

प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
सोमबार, जेठ १५, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् ।

गणतन्त्र दिवस मनाइँदै
सोमबार, जेठ १५, २०८०
आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।

जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल आजदेखि
सोमबार, जेठ १५, २०८०
जेठ १२ गतेदेखि सञ्चालन हुने भनिएको कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता आजदेखि हुुने भएको छ । पाल्पा फुटबल संघले जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता (आज) सोमबारदेखि गर्न लागेको हो ।