Shittalpati
निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

पाल्पा, पछिल्लो ससमय इन्टरनेट प्रयोगबाट वित्तिय कारोबार असुरक्षित बन्दै गएपछि राष्ट्र बैंकले त्यसतर्फ सचेत हुन सबैमा अनुरोध गरेको छ । उसले निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार सुरक्षित नहुने भन्दै त्यसबाट कारोबार गर्दा सचेत हुन आग्रह गरेको हो ।

बैंकले पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने भएकाले वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग गर्नुपर्ने बताएको छ । सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्नेतर्फ सचेत राष्ट्र बैंकले सचेत गराएको छ । कुनै सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह छ ।

पुराना तथा म्याद गुज्रिएका उपकरणहरु जोखिमयुक्त हुनसक्ने भएकाले त्यस्ता उपकरणमा सार्वजनिक वाईफाई नचलाउन समेत राष्ट्र बैंकले भनेको छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउन राष्ट्र बैंकले  सबैमा अनुरोध गरेको छ । विभिन्न ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउन सक्ने पनि बैंकले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update