Shittalpati
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन

पाल्पा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन सफल पार्न जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । विभिन्न उपसमिति समेत गठन गरिएको छ । धनेन्द्रराज घिमिरेको संयोजक रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरिएको छ । पूर्व अध्यक्ष नारायण प्रसाद आचार्य, पूर्व कार्यवाहक अध्यक्ष देवीप्रसाद बश्याल, वर्तमान उपसचिव दीपक विश्वकर्मा सदस्य रहेका छन् । आर्थिक उपसमितिको संयोजकमा उपाध्यक्ष देवीलाल लामिछाने रहेका छन् ।  लेखा कमिटीका संयोजक सदस्य रहने छन् । प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा पार्टी सचिव रामजी पोखरेल रहेका छन् । सदस्यमा मुक्ति कालिराज, गुराँस आत्रेय, जीवन आचार्य, तेजबहादुर घर्र्ती रहेका छन् । देवीलाला लामिछानेको संयोजकत्वमा अर्थ संकलन उपसमिति गठन गरिएको छ । विमल काफ्ले, चिरञ्जीवी पोखरेल, खेमबहादुर सारू, विष्णु भण्डारी, यमबहादुर चिदी, प्रेम श्रेष्ठ, सरस्वती चिदी, मिना जिसी, विष्णु आचार्य, रामलाल श्रेष्ठ, हिरु राना, भरत न्यौपाने सदस्य रहेका छन् । दीपक विश्वकर्मा संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । मिलन विश्वकर्माको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य र प्रेस चौतारीका पदाधिकारी सदस्य यसका सदस्य रहने छन् । मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति संयोजकमा गुराँस आत्रेय रहेका छन् । नगर कमिटीका पदाधिकारी सदस्य रहने छन् । खाद्य तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा देवीलाल लामिछाने, सदस्यमा चुराबहादुर गोदार, चिरञ्जीवी पोखरेल, दामोदर घिमिरे, त्रिरत्नलाल शाक्य, उमानाथ आत्रेय, डेन्जिङ रायमाझी रहेका छन् । अधिवक्ता विनोद कार्की संयोजक रहेको निर्वाचन उपसमिति गठन गरिएको छ । सदस्यमा नारायण ज्ञवाली, जोगबहादुर विक, जीतबहादुर लामिछाने, शालिकराम घिमिरे, टंक पन्त, सन्तोष खनाल, तिलक सापकोटा रहेका छन् । कलाकार हुुम गैरेको संयोजकत्वमा साँस्कृतिक उपसमिति गठन गरिएको छ । एमाले निकट साँस्कृति महासंघ पाल्पाका पदाधिकारी र सदस्य यसको सदस्य रहने महासंघका अध्यक्ष रुपेश कार्कीले बताए । भुवन रामलाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ । अध्यक्ष मण्डलको जिम्मेवारी एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरीलाई दिइएको छ ।

तानसेनको बतासेस्थित श्रीनगर साँस्कृतिक डबलीमा अधवेशनको उद्घाटनशत्र हुने छ । बन्दशत्र तानसेन नगरपालिकाको सभाहलमा हुने छ । अधिवेशनमा करिब ४ सय ६० प्रतिनिधि सहभागी हुने छन् । पाल्पामा करिब ८ हजार एमालेका सदस्य रहेका छन् । ८१ वटै वडाबाट प्रतिनिधि छनोट प्रक्रियाका लागि निर्वाचन हुनेछ । २० सदस्य संख्या बराबर १ जना प्रतिनिधि छनोट हुनेछन् । तीन जना प्रतिनिधि छनोट हुँदा एक जना महिला अनिवार्य हुनुपर्ने छ । एक वडा एक युवा प्रतिनिधि छनोट हुनुपर्नेछ । पालिकालाई इकाइ मानेर १२ दलित समुदायका सदस्य संख्या बराबर १ दलित प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ ।

बैठकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वसम्मतीबाट नै नेतृत्व चयन गर्न सुझाव दिए । पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरीले उच्च समझदारी र अनुशासन रहेर जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने बताए । पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा एमाले थप बलियो बनाउने गरी अधिवेशन सम्पन्न गर्नुपर्ने बताए । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कडेलले विधिविधानको पालना गरेर नेतृत्व चयन गर्न आग्रह गरे । केन्द्रीय सदस्य सिर्जना काफ्लेले पार्टीलाई थप मजवुत बनाउने सन्देश दिने गरी अधिवेशनको तयारीमा जुट्न अनुरोध गरिन । अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत, सचिव रामजी पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update