Shittalpati
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना फोन, इन्टरनेट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको एनसेल आजियाटा लिमिटेडले कोरोना सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सञ्चालन गरेको हो ।
रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ
रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।
१ सय ६५ जनामा स्क्रबटाइफस
१ सय ६५ जनामा स्क्रबटाइफस जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।
भोकाहरुको गाँस नखोसियोस्
भोकाहरुको गाँस नखोसियोस् काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा भोका, नांगा र असहायहरूका लागि स्वयम्सेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार सार्वजनिक भएपछि यसको सर्वोत्र आलोचना भएको छ । कोरोनाका कारण रोजी रोटी गुमाएर भोकभोकै सडकमा आएका नागरिकहरुलाई केही स्वयम्सेवक संस्थाहरुले खानाको व्यवस्था गरिरहेका बेला महानगरपालिकाका प्रमुखले दिएको यस्तो...
किसानलाई धान स्याहार्ने चटारो
किसानलाई धान स्याहार्ने चटारो यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ ।
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।
पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि
पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
Weather Update