हराइरहेका दाजुभाइ मृत भेटिए
बिहीबार, कात्तिक २०, २०७७
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा पराल मुनि सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको लु ३ त ९८१२ नम्बरको ट्याक्टरले पराल मुनि सुतिरहेका सोही स्थानका ६६ वर्षीय टिकाबहादुर जिसीलाई किच्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
चोरी नियन्त्रणमा लागौं
बिहीबार, कात्तिक २०, २०७७
हरेक वर्ष चाडपर्वको समयमा चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् ।
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता
बिहीबार, कात्तिक २०, २०७७
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । जिल्लाको मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।
माथागढीमा खानेपानी योजना स्तरीकरण
बिहीबार, कात्तिक २०, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना सम्बन्धी स्तरीकरण कार्यक्रम भएको छ । गाउँपालिका ४ मा मोवाइल एप्लिकेशन मार्फत संकलन गरिएका तथ्याड्ढहरुको प्रस्तुतिकरण र खानेपानी योजना स्तरिकरण गरिएको हो ।
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
बिहीबार, कात्तिक २०, २०७७
भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।
गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
बुधबार, कात्तिक १९, २०७७
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
साउन १ गतेपछि जन्मिएका छोरीलाई मासिक एक सय खातामा !
बुधबार, कात्तिक १९, २०७७
दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना रु १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५ औँ बैठकले कार्यविधि पारित गरेको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
बुधबार, कात्तिक १९, २०७७
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशको रुपन्देही, कपिलवस्तु, बर्दिया र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
रामपुरमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद र गहना चोरी
बुधबार, कात्तिक १९, २०७७
जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी भएको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट मंगलबार बिहान १ः ३० बजेको समयमा लुटपाट गरी नगद तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गहना चोरी भएको हो ।


