Shittalpati
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
गुल्मीका दर्जनौँ गाउँ खानेपानीबाट बञ्चित
गुल्मीका दर्जनौँ गाउँ खानेपानीबाट बञ्चित गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वेनी स्थित भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित छन् । स्थानीय देउबहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै उठेर पानी भर्न कुवासम्म जानुपर्ने गुनासो गरे ।
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व जिल्लामा सवारी कारवाहीबाट पछिल्लो ५ महिनामा २० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले नियम उल्लङघन गरी सवारी चलाउने विभिन्न सवारी साधनहरुमा गरेको कारवाहीबाट २० लाख ५७ हजार राजस्व संकलन गरेको हो ।
क्रिसमस पर्वको महत्व
क्रिसमस पर्वको महत्व आज देशभरका इसाई धर्मालम्वीहरुले क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष यो पर्व मनाइने गरिएको छ । आज शुक्रबार पनि इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु हुँदै छन् ।
ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा
ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ । महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।
तानसेनमा ५ जना कोरोना संक्रमित थपिए
तानसेनमा ५ जना कोरोना संक्रमित थपिए तानसेनमा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार र विहीबारको प्राप्त विवरण अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालमा एक जना महिला र ४ जना पुरुष गरी ५ जना संक्रमित देखिएका हुन् ।
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो ।
पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकलाई प्राविधिक ज्ञान
पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकलाई प्राविधिक ज्ञान व्यवसायिक सुन्तला खेती पछिल्लो समय आम्दानीको मुख्य स्रोत बन्दै आएको छ । फलफूल जातको रुपमा रहेको सुन्तला मुख्य नगदेवालीका रुपमा स्थापित हुँदै आम्दानीको राम्रो स्रोत बने पनि प्राविधिक ज्ञानको अभावका कारण यसले उचित ठाउँ पाउन भने सकेको छैन ।
गुल्मीदरवार गाउँपालिकाले बाँझो जमिनको लगत संकलन गर्दै
गुल्मीदरवार गाउँपालिकाले बाँझो जमिनको लगत संकलन गर्दै जिल्लाको गुल्मीदरबार गाउँपालिकाले हरेक वडामा बाँझो जमिनको लगत लिइरहेको छ । गाउँपालिका भित्र बाँझो जमिन नराख्ने योजना सहित गाउँपालिकाले लगत संकलन कार्य अगाडि बढाएको हो ।
Weather Update