गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
आइतबार, पुस १२, २०७७
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’
आइतबार, पुस १२, २०७७
विघठित प्रतिनिधि सभाका सांसद् तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार पाल्पा व्यापार संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
न्यानो कपडा सहित स्वास्थ्य सामग्री
आइतबार, पुस १२, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपाला भित्रका विद्यालय र स्वास्थ्य संस्थाहरुलाई न्यानो कपडा सहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । समृद्ध चारपाला युवा अभियान समूहद्वारा गुल्मीदरबार गाउँपालिका ७ ठूलापोखरा माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि ४९ थान सुइटर,२ सय पिस माक्स र १ लिटर सेनिटाइजर वितरण गरिएको हो ।
संक्रमण भयावह हुनबाट रोकौं
आइतबार, पुस १२, २०७७
नेपालमा कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुन थालेसँगै झन असुरक्षा बढ्दै गएको महसुस हुन थालेको छ ।
भारतमा संक्रमित एक करोडभन्दा बढी
शनिबार, पुस ११, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने
शनिबार, पुस ११, २०७७
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेसले प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको हो ।
साहित्य प्रतिष्ठान पाल्पाले गर्यो दर्जनौंलाई सम्मान
शनिबार, पुस ११, २०७७
जिल्लामा क्रियाशिल साहित्य संस्था शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले दर्जानौं व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले पन्ध्रौ वार्षिक दिवस तथा कवि कुलमणि देवकोटाको ९२ औं जन्मजयन्ती समारोहको अवसरमा विभिन्न व्यक्तिहरुलाई शनिबार तानसेनमा सम्मान सहित छात्रवृत्ति प्रदान गरेको हो ।
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग
शनिबार, पुस ११, २०७७
जिल्लाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग परिवार) ले खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको हो ।
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै
शनिबार, पुस ११, २०७७
पाल्पाली समाजसेवी अग्रज नारी राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मान गर्न लागिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले आज एक कार्यक्रमका बिच भारतीलाई तानसेनमा सम्मान गर्न लागेको हो ।
पाल्पामा पनि मनाए इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’
शनिबार, पुस ११, २०७७
इसाई धर्मका संस्थापक येसु ख्रिस्ट जन्मेको दिनको सम्झनामा शुक्रबार देशभरका इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु पनि आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’
शनिबार, पुस ११, २०७७
कालीगण्डकीको किनारमा रहेको गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुआत गरिएको छ । रम्भा गाउँपालिका–१ टोकलकस्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजंगल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकीय विकासका लागि समुदायको सहभागितामा पूर्वाधार विकासका काम जारी रहेको छ ।
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग
शुक्रबार, पुस १०, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज यही पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।


