Shittalpati
ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध
ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध संसद् विघटन असंवैधानिक कमद भएकोले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल पक्षले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समूहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, भएकोले विघटित संसद पुनःस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने आवाज उठाएका छन् ।
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया गुल्मीमा उत्पादित वस्तुहरुको लेभलिङ गर्ने उद्देश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा विभिन्न खाद्यवस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।
‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी
‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा ‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी भएको छ । तानसेनको होटल दि ह्वाइटलेकमा एक कार्यक्रमका बिच शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा नामक विचार गोष्ठी भएको हो ।
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।
साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक संविधान  संरक्षण गर्न काँग्रेस सडकमा
लोकतान्त्रिक संविधान संरक्षण गर्न काँग्रेस सडकमा लोकतान्त्रिक संविधान संरक्षणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा उत्रिएको छ । बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मूल्य र मान्यता माथि नै कुठराघात गरी लोकतान्त्रिक संविधानलाई नै संकटमा पार्न लागेकोले त्यसको संरक्षणका लागि भन्दै काँग्रेस सडकमा उत्रिएको हो ।
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशको तानसेनमा भएको परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए ।
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”
Weather Update