Shittalpati
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैठक

पाल्पा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्य समिति पाल्पाको बैठक भएको छ । तानसेनको दरवार अगाडि रहेको होटल व्यवसाय समितिको कार्यालयमा एक कार्यक्रमका बिच बैठक भएको हो । कार्यक्रममा होटल व्यवसाय महासंघको केन्द्रीय साधारणसभा यहि वर्षको अन्त्यमा पाल्पा जिल्ला मै गर्ने र त्यसको लागि नगरपालिका र अन्य सरोकार वाला संघसंस्थासँग समन्वय गरी १५ दिनभित्र केन्द्रीय समितिमा जानकारी गराउने भन्ने बैठकबाट सर्वसम्मत रुपमा निर्णय भएको थियो ।

साथै ततः सम्बन्धी छलफल र परामर्शका लागि कार्य समिति र केन्द्रीय अध्यक्षको टिम सहित तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीसँग उनकै कार्य कक्षमा छलफल भएको थियो । उक्त छलफल कार्यक्रममा नगरप्रमुख व्यवसायीको योजना प्रति सकरात्मक प्रतिकृया दिएको र बाँकी छलफलका लागि आज बुधबार हुने नगरपालिकाको बैठकमा प्रतिनिधिमूलक होटल व्यवसाय संघलाई बोलाउने र छलफल गरी व्यवसायीको कार्यक्रममा नगरपालिकाले के कस्तो सहयोग गर्ने भन्ने कुराको निर्णय हुने कुरा नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए । नगरपालिकामा भएको उक्त कार्यक्रमा महासचिव लक्ष्मण बस्याल, केन्द्रीय सहकोषाध्यक्ष मोदनाथ वेल्वासे, वडा ६ का अध्यक्ष तथा पाल्पा प्यानका अध्यक्ष सागर महर्जन, नगर प्रमुख र केन्द्रीय अध्यक्ष हिराध्वज शाह एवं संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले आआफ्ना विचार व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको सभापतित्वमा एवं होटल व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका उपाध्यक्ष जयराम सापकोटाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update