Shittalpati
न्यानो कपडा सहित स्वास्थ्य सामग्री

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपाला भित्रका विद्यालय र स्वास्थ्य संस्थाहरुलाई न्यानो कपडा सहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । समृद्ध चारपाला युवा अभियान समूहद्वारा गुल्मीदरबार गाउँपालिका ७ ठूलापोखरा माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि ४९ थान सुइटर,२ सय पिस माक्स र १ लिटर सेनिटाइजर वितरण गरिएको हो । त्यस्तै, रेसुा बोर्डिङ्ग स्कूलमा ५ सय पिस माक्स र १ लिटर सेनिटाइजर, वडा ६ ईश्वरी उच्च माविमा ९ थान सुइटर, ५ सय ५० पिस माक्स र १ लिटर सेनिटाइजर वितरण गरिएको समूहले जनाएको छ । यस्तैगरी समूहले गंगा निमाविलाई ४१ पिस सुइटर, ५ सय ५० पिस माक्स, १ लिटर सेनिटाइजर दरबार देविस्थान स्वास्थ चौकीका लागि १ सय पिस माक्स, चिनियापोखरी सामुदायिक स्वास्थ्य इकाईको लागि ५० पिस माक्स, भलाएचौर हेल्थ हर्टका लागि ५० पिस माक्स, ठूलान आधारभूत स्वास्थ्य केन्द्रका लागि ५० पिस माक्स, चारपाला प्रहरी चौकीका लागि ५० पिस माक्स वितरण गरेको कार्यक्रमका संयोजक तथा समृद्ध अभियान नेपालका प्रमुख भिमबहादुर टण्डनले जानकारी दिए ।

सामग्री वितरण कार्यक्रममा ७ वडाका बस्नेतले युवाहरुको समाज सेवा प्रतिको लगाव र सद्भावको प्रशंसा गरे । ६ का वडाका वडाध्यक्ष खत्रीले युवाहरु समाजका अभिन्न अंग भएकाले समाज र देश विकासका निम्ति युवाहरुको सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे । कार्यक्रममा सल्लाहकार हरि अर्यालले युवाहरु विभिन्न कुलतमा फसिरहेका बेला चारपालाका युवाहरु भने आफ्नो क्षेत्रमा रहेका गरिब असाहा, अशक्तहरुलाई विभिन्न कार्यक्रम मार्फत सहयोग गरेको बताए । प्रधानाध्यापकहरु हरिबहादुर कार्की, इन्द्र थापा, रामबहादुर खत्री लगायतले संस्थाले देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताए । ७३ हजार बराबरका सामग्रीहरु सहयोग गरिएको संस्थाका अध्यक्ष कमल राज कार्कीले जानकारी दिए । –रामकृष्ण कंडेल

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update