Shittalpati
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै

पाल्पा । पाल्पाली समाजसेवी अग्रज नारी राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मान गर्न लागिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले आज एक कार्यक्रमका बिच भारतीलाई तानसेनमा सम्मान गर्न लागेको हो । प्रतिष्ठानका संंस्थापक संरक्षक प्राडा प्रकाशराज रेग्मीले आफ्नो राजनीतिज्ञ एंव दार्शनिक साहित्यकार पिता स्व.कमलराज रेग्मीको स्मृतिमा स्थापना गरिदिएको पुस्कारबाट भारतीलाई सम्मान गर्न लागिएको प्रष्ठिानका संस्थापक अध्यक्ष पुष्करराज रेगमीले जानकारी दिए ।

उक्त पुरस्कारको राशी २५ हजार रहेको छ । भारतीलाई नगद, दोसल्ला र अभिनन्दन पत्रले सम्मान गरिने छ । प्रतिष्ठानले विगत तीन वर्षदेखि जिल्लाको सामाजिक, राजनीतिक, साहित्यक, शैक्षिक क्षेत्रमा योगदान पु¥याएका परोपकार, अभिप्रेरणा, कमलराज रेग्मीबारे जानकार, प्रतिष्ठानलाई हेर्ने दृष्टिकोण, नेतृत्व एंव समन्वयकारी भूमिका निर्वाह गर्दै आएका व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । अहिलेसम्म प्रतिष्ठानले साहित्यकार झपेन्द्रबहादुर जिसी, बैधराज विश्वमान बज्राचार्यलाई सो पुरस्कार प्रदान गरिसकेको छ । प्रतिष्ठानको पन्ध्रौ वार्षिक दिवसको अवसरमा आज शनिबार कमलराज रेग्मी वर्ष पुरस्कारसँगै अन्य विधि पुरस्कार एंव छात्रवृत्तिहरु समेत प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update