वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता
बुधबार, फागुन २६, २०७७
गुल्मीमा पनि राखियो एमालेको बोर्ड
बुधबार, फागुन २६, २०७७
गुल्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिए ।
‘प्रहरी र नागरिकको सम्बन्ध सदृढ बनाउँछौं’
बुधबार, फागुन २६, २०७७
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी) गोपलचन्द्र भट्टराईले प्रहरी र नागरिकहरु बीचको सम्बन्ध सुदृढ बनाएर जाने बताएका छन् ।केही दिन अघि सरुवा भएर गुल्मी आएका प्रहरी उपरिक्षक भट्टराईले पत्रकारसँग कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताएका हुन् ।
तानसेन सरकारले दियो कन्यालाई दान !
बुधबार, फागुन २६, २०७७
जिल्लाको तानसेन नगरपालिकाले पश्चिम क्षेत्रकै एक मात्र सामुदायिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालयका कन्या (छात्रा) हरुलाई सुत्नका लागि आवश्यक सामग्री सहयोग (दान) गरेको छ ।
गुल्मीमा सवारी साधन चोरी गर्ने व्यक्ति सार्वजनिक
मंगलबार, फागुन २५, २०७७
गुल्मी सवारी साधान चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको छ । सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
मंगलबार, फागुन २५, २०७७
चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।
एसइई परीक्षा जेठ १३ गतेदेखि हुने
मंगलबार, फागुन २५, २०७७
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । आगामी एसइई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।
पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो
मंगलबार, फागुन २५, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
महिला श्रमिकले थाहा नपाएको ‘नारी दिवस’
मंगलबार, फागुन २५, २०७७
तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन् । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा...
सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्यो
मंगलबार, फागुन २५, २०७७
नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झरेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ८ सय ७२ पुगेको छ ।
कुमारी जब प्रालि र केसिएम आइटी बीच सम्झौता
मंगलबार, फागुन २५, २०७७
कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी (केसिएस आइटी कलेज) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएम आइटीबीच सम्झौता भएको हो ।

.jpeg.jpg)
