Shittalpati
एसइई परीक्षा जेठ १३ गतेदेखि हुने

पाल्पा, २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । आगामी एसइई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको थियो । आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाए पनि कानुन अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ ।

मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए । यद्यपि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update