बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै
बिहीबार, फागुन १३, २०७७
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’
बिहीबार, फागुन १३, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी गाउँपालिकाले काम गरेको बताएका छन्
झडेवाको कर्णधार प्राविले मनायो वार्षिकोत्सव
बिहीबार, फागुन १३, २०७७
माथागढी गाउँपालिका ४ झडेवामा रहेको कर्णधार प्राथमिक विद्यालयको ३८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
बाघको छालासहित दुई पक्राउ
बिहीबार, फागुन १३, २०७७
बाघको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धित बाघको छालाको कारोबार गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
सर्वोच्चको फैसला स्वागतयोग्य
बिहीबार, फागुन १३, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ । अदालतले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको र संवैधानिक आधारबिना प्रधानमन्त्रीले निर्णय गरेको फैसला गरेको हो । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर फागुन ११ गते आएको सर्वोच्च अदालतको यो फैसला जनअपेक्षित मात्र हैन, अत्यन्तै स्वागतयोग्य रहेको छ ।
बगनासकाली बन्यो पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका
बुधबार, फागुन १२, २०७७
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका खरका छानाहरु विस्थापित गर्दै फुसको छाना रहित गाउँपालिका घोषण भएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका घोषणा भएको हो ।
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग
बुधबार, फागुन १२, २०७७
गुल्मी, बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गुल्मी समाज युकेले संघलाई आर्थिक सहयोग गरेको हो । समाजले विश्व अपाङ्ग दिवसका दिन संकलन गरेको रकम संघलाई सहयोग गरेको जनाइएको छ ।
संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै
बुधबार, फागुन १२, २०७७
गुल्मी, फागुन १२÷ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेकपा सहित नेपाली काँग्रेसले खुसीयाली मनाएको छ । गुल्मी काँग्रेसले पनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि जिल्लामा खुसीयाली मनाएको छ । काँग्रेसले मंगलबार खुसीयालीमा दिपप्रज्वलन गरेको थियो, भने शुक्रबार जिल्लाका १२ वटै स्थानीय तहका जनतासँग...
आकर्षक सुविधा सहित एनसेल एपको नयाँ संस्करण सार्वजनिक
बुधबार, फागुन १२, २०७७
एनसेलका ग्राहकले अब एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवा सुचारु गर्न सक्ने भएका छन् । एनसेल आजियाटाले विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको हो ।
थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, फागुन १२, २०७७
पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो ।
सर्वोच्चको ऐतिहासिक फैसला प्रतिनिधिसभा पुनःस्थापना
बुधबार, फागुन १२, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
मंगलबार, फागुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।
तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा
मंगलबार, फागुन ११, २०७७
बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।

