नवजनचेतना राष्ट्रिय दैनिक २०७८ साउन ३० गते शनिबार
शनिबार, साउन ३०, २०७८
कोरोनासँग लापरबाही नगरौं
शनिबार, साउन ३०, २०७८
समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै छोराको ज्यान गयो
शनिबार, साउन ३०, २०७८
पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले स्याललाई हान्ने क्रममा लागेर ज्यान गएको हो ।
विज्ञापनका सबै काम हुलाकबाट
शुक्रबार, साउन २९, २०७८
विज्ञापन सम्बन्धी सम्पूर्ण काम अब जिल्ला हुलाक कार्यालयबाट हुने भएका छन् । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ ।
नाग पञ्चमी पर्व मनाइयो
शुक्रबार, साउन २९, २०७८
प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइएको हो ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
शुक्रबार, साउन २९, २०७८
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नीति पारित गरेको हो ।
‘नयाँ बजेट र नीति तथा कार्यक्रम संशोधन हुन्छ’
शुक्रबार, साउन २९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ बजेट र नीति तथा कार्यक्रम संशोधन हुने बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका हुन ।
लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई दुई लाख दिने
शुक्रबार, साउन २९, २०७८
लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।
किसानलाई प्रेरित गर्न ड्रागन खेती
शुक्रबार, साउन २९, २०७८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।
नाग पञ्चमी र यसको परम्परा
शुक्रबार, साउन २९, २०७८
हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् ।
आज नाग पञ्चमी : घर–घरमा नागको पूजा गरिदैं
शुक्रबार, साउन २९, २०७८
नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
लुम्बिनीको मुख्यमन्त्रीमा केसी , सात सदस्यीय मन्त्रिपरिषद् विस्तार
बिहीबार, साउन २८, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीले बिहीबार नै शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको...


