Shittalpati
नेपाली युवाको अमेरिकामा मृत्यु
नेपाली युवाको अमेरिकामा मृत्यु रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।
खोप उपलब्ध गराउन गुल्मीका उद्योगी–व्यवसायीको माग
खोप उपलब्ध गराउन गुल्मीका उद्योगी–व्यवसायीको माग जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छातासंगठन गुल्मी उद्योग वाणिज्य संघले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको उपलब्ध गराउन माग गरेको छ ।
गुल्मीमा २१ करोड बढी राजस्व संकलन
गुल्मीमा २१ करोड बढी राजस्व संकलन जिल्लामा २१ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको हो ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु
आजबाट विश्व स्तनपान सप्ताह सुरु विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो ।
मेगा बैंकको एकै दिन ६ नयाँ शाखा खुले
मेगा बैंकको एकै दिन ६ नयाँ शाखा खुले मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ६ वटा नयाँ शाखा खुलेका छन् । बैंकले साउन १५ गते देशका विभिन्न स्थानमा नयाँ ६ वटा शाखाको विस्तार गरेको हो ।
स्तनपान सप्ताहको सान्दर्भिकता
स्तनपान सप्ताहको सान्दर्भिकता विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ ।
विपद्‍मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार
विपद्‍मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार कोरोना महामारीमा होस् वा अन्य प्राकृतिक विपत्तिमा नै किन नहोस् पाल्पाको माथागढी गाउँ सरकार जनताको साथी बनेको छ । कोरोना महामारीको प्रकोपबाट लडिरहेका, दीर्घरोगबाट ग्रसित हुन वा बाढी,पहिरोका कारण घरबारविहीन बनेका र भौतिक तथा मानविय क्षति पुगेका जनताको दुःखमा मलम लगाउने कार्यमा गाउँ सरकार सारथी बनेको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जना नयाँ संक्रमित थपिएका हुन् ।
पुल नहुँदा जोखिमपूर्ण यात्रा
पुल नहुँदा जोखिमपूर्ण यात्रा साउन जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग भित्रका विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यस सडक खण्ड भित्र पर्ने ५ वटा खहरे खोलाहरुमा सवारीसाधन तथा सर्वसाधारणका लागि पुलको व्यवस्था नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै पाल्पामा शनिवारदेखि शिक्षक र कर्मचारीहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ । शिक्षकहरुको आन्दोलन पछि जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई खोप लगाउन लागिएको हो ।
बजारमा अस्वस्थकर मासु बिक्री
बजारमा अस्वस्थकर मासु बिक्री बुटवलको बजारमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।
Weather Update