Shittalpati
नैतिक राजनीतिको अवसान

लुम्बिनी प्रदेश सरकार र प्रदेशसभामा विगत केही महिनायता भएका घटनाक्रमले नैतिक राजनीति अवसानोन्मुख भएको देखाउँछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विमला वलीसँग जोडिएर सार्वजनिक भएका पछिल्ला घटनाले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको पनि बदनाम गरेको छ । लुम्बिनी प्रदेशमा देखिएको नैतिक राजनीतिको अवसान हाम्रो राजनीतिको समग्र भविष्यका लागि शुभसंकेत भने होइन । यसले नेपाली राजनीतिमा नैतिक मूल्य र मापदण्डको हुर्मत लिने काम गरेको प्रष्ट हुन्छ ।

जुन डरलाग्दो संकेत हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेललाई अहिले सोही प्रदेशका सांसद विमला वलीले अपहरणकारीको आरोप लगाएकी छन् । सत्ता टिकाउन राजीनामा र शपथग्रहणको खेलले नपुगेर सांसदको अपहरण गर्ने र अपहरित व्यक्तिलाई पाँच दिन नजरबन्दमा राख्ने कार्यले एमालेलाई त आक्षेप लाग्छ नै संघीय गणतान्त्रिक व्यवस्थालाई नै बद्नाम बनाउने काम गरेको छ । छलकपट, बेइमानी, मूल्यहीन तानातानका आधारमा सरकार टिकाउने या गिराउने गरिएका इतिहास पुराना भइसकेका त छैनन्, तर गणतान्त्रिक व्यवस्थामा आइपुग्दा पनि यस्त हुर्मत हुनु चाहि चिन्ताको विषय हो । संसदीय प्रजातन्त्रकालका उनै पात्र र प्रवृत्तिको निरन्तरताका कारण लोकतान्त्रिक गणतन्त्रकालमा पनि राजनीतिले बदनामी व्यहोरिरहेको छ । यो आफैमा दुखको कुरा हो । अहिले प्रदेश सरकार र प्रदेश संसद् पनि यो बदनामीको सिकार भएका छन् । लुम्बिनी प्रदेशमा सांसद अपहरणको घटनाले सत्ताका लागि निन्दनीय खेल खेल्ने अभ्यासले निरन्तरता पाएको त होइन भन्ने गम्भीर प्रश्न यथावत छ । सांसद वलीको पछिल्लो प्रकरणमा एमालेमै फर्किएको विज्ञप्ती जारी गर्ने सांसद वली एमालेमा बस्ने कि माओवादी केन्द्रमा जाने भन्ने निर्णय गर्ने क्षमताको अभावका कारण यस्तो अवथा सिर्जना भएको हो कि ? भन्ने प्रश्न पनि सिर्जना भएको छ । अर्को तर्फ मुख्य मन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि सत्ता टिकाउनको लागि संसद अपहरण गरेका हुन कि भन्ने विषय पनि बाहिर आएको छ । जे भए पनि भोलिका दिनमा यि कुराहरु बाहिर आउने नै छन् । यदि सत्ता टिकाउन सांसद अपहरण गर्ने र बन्धक बनाउने कामभएको हो भने पनि यो घृणित काम हो । मुख्यमन्त्री पोखरेलले खेलिरहेको यो खेल आममतदातालाई नै निराश बनाएको छ । कमसेकम उनले अल्पमतमा परेपछि राजीनामा दिएर बसेको भए उचित हुने थियो । तर उनले त्यसो गर्न चाहेनन् । जसले गर्दा नैतिक राजनीतिको अवसानउन्मुख देखिन्छ । यो राजनीतिको समग्र भविष्यका लागि शुभ संकेत भने होइन । यसतर्फ सम्बद्ध सबैको चेत समयमै खुल्न जरुरी छ ।चबचब

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update