Shittalpati
गुल्मी प्रशासन कार्यालयमा नयाँ कर्मचारीलाई स्वागत

रमेश विश्वकर्मा

गुल्मी,  जिल्ला प्रशासन कार्यालय गुल्मीले नयाँ कर्मचारीहरुलाई स्वागत गरेको छ । प्रशासन कार्यालयको कर्मचारीहरुको मासिक नियमित बैंठकमा प्रशासन कार्यालयको विभिन्न फाँटमा कार्यरत नयाँ कर्मचारीहरुलाई स्वागत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

विभिन्न कार्यालयहरुबाट सरुवा तथा पदस्थापन भई आएका कर्मचारीहरु प्रशासकीय अधिकृत ज्ञान कुमारी भुसाल, नायव सुब्बा प्रेमराज खनाल, खरिदार रणबहादुर थापा, ढालेन्द्र पुन, कम्प्युटर अपरेटरद्वय सन्देश अधिकारी र तारा भण्डारीलाई स्वागत गरिएको कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले कर्मचारीको मनोबल उच्च राख्नको लागि मासिक रुपमा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गर्दै आएको छ । असार महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका खरिदार रण बहादुर थापालाई सम्मान गरिएको थियो । बैठकमा सेवा प्रवाहका सम्बन्धका विविध पक्षहरुका बारेमा निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update