Shittalpati
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट तानसेनकी गीता थापा श्रीमानसँग बुटवलबाट घर फर्किदै थिइन । यात्राको क्रममा थापालाई बाटोमा दिशाले च्याप्यो । उनलाई पिसाव गर्न सहज भए पनि दिशा गर्न भने सुरक्षित शौचालय नै चाहियो, जहाँ मन लाग्यो त्यहाँ दिशा पिसावको लागि उनलाई सहज थिएन ।
मेगा बैंकको एकै दिन पाँच नयाँ शाखा खुले
मेगा बैंकको एकै दिन पाँच नयाँ शाखा खुले मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ५ वटा नयाँ शाखा खुलेका छन् । बैंकले देशका विभिन्न स्थानमा एकै दिन नयाँ पाँच वटा शाखाको विस्तार गरेको हो ।
पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना
पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना नियमित अपडेटमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि गर्‍यो । कोरोना अपडेट सार्वजनिक भए लगत्तै जिल्लाका सञ्चारमाध्यमहरुबाट एकै दिन दुई सय जनामा कोरोना संक्रमण भएका समाचारहरु सार्वजनिक गरियो ।
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।
अझै  तीन दिन मनसुन सक्रिय हुने
अझै तीन दिन मनसुन सक्रिय हुने अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् ।
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो बौद्ध धर्मवलम्बी नेवार समुदायमा प्रचलित संस्कृति ‘पञ्चदान’ पर्व पाल्पामा पनि मनाइएको छ । सोमबार दान दिने र लिने गरेर जिल्लाका बौद्ध धर्मवलम्बी नेवार समुदायका बज्राचार्य र शाक्यहरुले यो पर्व मनाएका हुन् ।
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब अफ तानसेन सिटिले आफ्नो स्थापना दिवस मनाएको छ । क्लवले दिवसको अवसरमा चाटर सेलिब्रेसन कार्यक्रम गरी दिवस मनाएको हो ।
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते जिल्लाको तानसेन नगरपालिका ७ सालघारी स्थित प्रभास सराई भित्री सडक खण्डमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विंगर आज विहान दुर्घटना भएको हो ।
एसबिआईलाई ‘बेस्ट कर्पाेरेट सलुसन नेपाल अवार्ड’
एसबिआईलाई ‘बेस्ट कर्पाेरेट सलुसन नेपाल अवार्ड’ नेपाल एसबिआई बैंक ‘बेस्ट कर्पाेरेट सलुसन नेपाल अवार्ड’ २०२१ बाट सम्मानित भएको छ । लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलद्धारा बैंक बेस्ट कर्पोरेट बैकिङ्ग सोलुसन्स नेपाल अवार्डएबाट सम्मानित भएको हो ।
Weather Update