Shittalpati
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त

पाल्पा, पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।

भेलाले साहित्यकार तथा महिला नेतृ रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान पाल्पा गठन गरेको छ । जसको उपाध्यक्षमा जनक कार्की, सचिवमा आयाम कार्की, कोषाध्यक्षमा सरिता रेग्मी, सह–सचिवमा कमला न्यौपानेलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा फणिन्द्र बस्याल, अमर भाट, सुनिता अधिकारी, आर.बि. निश्छल, गंगा न्यौपाने, सविता भट्टराई रहेका छन् । प्रतिष्ठानको सल्लाहकारमा रामप्रसाद अर्याल र कृष्णबहादुर थापा रहेको प्रतिष्ठानले जनाएको छ । नवगठित प्रतिष्ठानका अध्यक्ष पन्तले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताईन । उनले नेपाली साहित्यको विकासको लागि आफुले इमान्दारीपूर्वक कार्य गर्ने बताइन ।

सोही अवसरमा भेलाले पाल्पा सहित लुम्बिनी प्रदेशका ८ जिल्लामा समेत प्रतिष्ठान गठन गरेको छ । भेलाले गुल्मी, बर्दिया, प्युठान, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र दाङ जिल्लामा समिति गठन गरेको हो । भेलाले गुल्मीको अध्यक्षमा मनबहादुर खत्री मनु, दाङमा डा.कृष्णराज डी.सी, प्युठानमा माधव पोख्रेल, बर्दियामा शंकर प्रसाद आचार्य,रूपन्देहीमा सरु ज्ञवाली, कपिलवस्तुमा शकुन्तला पौडेल, नवलपरासीमा दिपक बराललाई चयन गरेको छ ।

भेलामा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले जिल्लाका सबै नवगठित सदस्यहरुलाई बधाइ दिदै नेपाली भाषा साहित्यको समग्र विकासका लागि नेपाली भाषाको आधार भूमि नेपालदेखि नेपाली साहित्य मार्फत विश्वव्यापी नेतृत्व गर्ने जमर्को गरेको बताए । लुम्बिनी प्रदेशका सल्लाहकार डा. नारायण पन्थले अभियानले नेपाली भाषा साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव शिव खनालले नेपाली साहित्य भाषाको विकासमा ध्यान दिन सबै प्रतिष्ठानलाई आग्रह गरे । प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालको अध्यक्षता,सचिव मनबहादुर खत्रीको स्वागत, महासचिव तेज प्रसाद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update