Shittalpati
विदेश पलायन र यसले निम्त्याएको निराशा
विदेश पलायन र यसले निम्त्याएको निराशा युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो ।
कोभिड–१९ विरुद्धको खोप लगाउँदै
कोभिड–१९ विरुद्धको खोप लगाउँदै आखाँ अस्पताल पाल्पामा घण्टौ लाईनमा बसेर कोभिड–१९ विरुद्धको खोप लगाउँदै गरेकी एक महिला । तानसेन नगरपालिकाले सम्पूर्ण वडाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्र लगाउने प्रवन्ध मिलाएको छ ।
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्रमण योजना ल्याएको छ । कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरी बैंकले कर्मचारीहरुका लागि भ्रमण योजना ल्याएको हो ।
खोपको न्यायोचित वितरणमा ध्यान देऊ
खोपको न्यायोचित वितरणमा ध्यान देऊ नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ ।
मनाइयो गुरु पूर्णिमा
मनाइयो गुरु पूर्णिमा गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
व्यावसायिक दूध उत्पादन गर्न कृषकलाई भैँसी
व्यावसायिक दूध उत्पादन गर्न कृषकलाई भैँसी स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो ।
अनलाइन शिक्षा आवश्यक
अनलाइन शिक्षा आवश्यक अहिले पनि कोरोनाको संक्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । महामारीको त्रासबाट जोगिनका लागि बालबालिकाहरु घरमै बस्न बाध्य भएका छन् ।
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।
Weather Update