Shittalpati
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाले लोगो बनाउन लागेको हो ।

गाउँपालिकाले पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याउन लागेको भन्दै सर्वसाधारणलाई नमुना पठाउन समेत सूचना जारी गरेको छ । गाउँपालिकाको १०९ औं बैठकको निणर्य अनुसार लोगो बनाउन आह्वान गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

आर्थिक, सांस्कृतिक, सामाजिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय लगायतका क्षेत्रलाई समेटेर लोगो निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले बताए ।

पालिकाको नमुना चिन्ह (लोगो) भदौ १० गतेसम्म जोसुकैले पनि पठाउन सक्ने बताइएको छ । उक्त लोगो छानिएमा लोगो बनाउने व्यक्तिलाई उचित पुरस्कार सहित सम्मान गरिने उक्त सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update