Shittalpati
उजिर सिंह र भगवती जात्राको कथा
उजिर सिंह र भगवती जात्राको कथा भगवती जात्रा हेरेर आएपछि नातीले हजूर बुबालाई प्रश्न गरे, “हजूरबुवा ! यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ? ” हजूर बुबाले खुशी हुँदै भन्नु भयो , “त्यस बारेमा एउटा सत्य कथा छ । ”
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ ।
जनतालाई निरास नबनौैं
जनतालाई निरास नबनौैं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको डेढ महिना बितिसकेको छ । यस समयलाई सरकार सञ्चालनका दृष्टिले कम भन्न मिल्दैन ।
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा कोरोना महामारीका जोखिमका बीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।
भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै
भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।
जुनेली साहित्य समाज गठन
जुनेली साहित्य समाज गठन जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत असार–साउन महिनामा एकाएक उकालो लागेको कोरोना संक्रमणको ग्राफ भदौ पहिलो सातादेखि भने परीक्षणको आधारमा ओरालो लाग्ने क्रममा छ ।
Weather Update