साउन महिनाका पर्वहरु
आइतबार, साउन २४, २०७८

लोकतन्त्र कमजोर नबनाऊ
आइतबार, साउन २४, २०७८
नेपालमा पछिल्लो समय लोकतन्त्र कमजोर बन्दै गएको छ । विभिन्न राजनितिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको सुन्दरता भनेको संविधानवादको पालना, मानव अधिकारको प्रत्याभूतिलगायत आवधिक चुनाव हो ।

लायन्स क्लव पाल्पा भैरवले दियो आश्रमका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न
शनिबार, साउन २३, २०७८
जिल्लामा क्रियाशिल रहेको लायन्स क्लव पाल्पा भैरवले तानसेनको निल सागर सेवा आश्रममा रहेका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडबाट प्रभावित रहेका असायह र जेष्ठ नागरिकहरुका लागि क्लवले खाद्यान्न सहयोग गरेको हो ।
.jpg)
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन
शनिबार, साउन २३, २०७८
तानसेनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नारायण युवा क्लवले आफनो २४ औं साधारण सभा तथा अधिवेशन मनाएको छ । क्लवले शनिबार न्यून सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी साधारण सभा तथा अधिवेशन मनाएको हो ।

एसइई नतिजा प्रकाशित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही अनुसार नतिजा प्रकाशित भएको छ ।

कक्षा १२ को परीक्षा स्थगित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको
शनिबार, साउन २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
.jpg)
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग
शनिबार, साउन २३, २०७८
अखिल नेपाल किसान महासंघ गुल्मीले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।

युवालाई व्यावसायिक बनाऊ
शनिबार, साउन २३, २०७८
युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै...

पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ
शुक्रबार, साउन २२, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक मुद्दामा कैद र जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

कक्षा १२ को परीक्षा सर्न सक्ने !
शुक्रबार, साउन २२, २०७८
साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सर्न सक्ने देखिएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण सीसीएमसीले तत्काल परीक्षा गर्न नसक्ने जनाएपछि परीक्षा सर्न सक्ने देखिएको हो ।

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’
शुक्रबार, साउन २२, २०७८
आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् ।