Shittalpati
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३१ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १७ जना महिला र १४ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १७, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका ३/३, रामपुर नगरपालिकाका ६, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार २ सय ७० पुगेको छ । यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २ जना र एन्टिजेन परीक्षणमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २६ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २ जना महिलामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ६५ पुगेको छ । जसमा २ हजार ३ सय १८ महिला र ३ हजार ७ सय ३८ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । १२ जनामा परीक्षण गरिएकोमा रामपुरका १ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ५ सय ९८ पुगेको छ । जसमा १ हजार ८ सय ५९ जना महिला र १ हजार ७ सय ३९ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या १ सय ६७ पुगेको छ । जसमा १ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update