Shittalpati
उजिर सिंह र भगवती जात्राको कथा

भगवती जात्रा हेरेर आएपछि नातीले हजूर बुबालाई प्रश्न गरे, “हजूरबुवा ! यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ? ”
हजूर बुबाले खुशी हुँदै भन्नु भयो , “त्यस बारेमा एउटा सत्य कथा छ । ”


“भन्नुस् न हजूर बुबा ¤ कथा भन्नुस न् ।” नातीले जिद्दि गर्‍यो ।“मैले भनेको कथा ध्यानपूर्वक सुनेर स्कूलका सबै साथीहरुलाई सुनाउँछौ भने भन्छु, नत्र भन्दिन ।” हजूर बुबाले नातीलाई फकाउँदै भन्नुभयो । “भन्छु, हजूरबुबा भन्छु । यी मैले कापीमा लेख्छुर सबै साथीहरुलाई सुनाउँछु । भन्दै नाती कापीर कलम लिएर हजूर बुबाको नजिक आए । हजूरबुबाले कथा भन्दै जानुभयोर नातीले लेख्दै गए । आज भन्दा दुईसय वर्ष अघिदेखि पाल्पाको तानसेनमा भगवती जात्रा मनाउने प्रचलन चलि आएको हो । त्यतिबेला नेपाल अंग्रेज युद्ध चलेको थियो । नेपालमा प्रधानमन्त्री भिमसेन थापा थिए । उनले पाल्पा गौंडाको सुरक्षा गर्न भनि आफ्ना भतिजा कर्णेल उजिर सिंह थापालाई पठाए । उन्नीस वर्षका युवा उजिर सिंह थापा जोशिला, नीडर, चलाख, शूरोर बहादुर थिए । त्यतिबेला पाल्पाको तानसेनमा महिषासुर मर्दिनी भगवतीको प्रस्तर (ढुंगा) मूर्ति थियो । उनले लडाइमा जाने बेलामा भाकल गरे । “हे महिषासुर मर्दिनी, भगवती माते ! लडाइमा अंग्रेजलाई जित्न सक्ने शक्ति प्रदान गर्नुहोस् । लडाई जितेपछि आएर गुहेश्वरी माताको जस्तै ठूलो मन्दिर बनाउने छुर इन्द्रजात्रा सरिनै हरेक साल सिंदूरे जात्रा चलाउने छु ।”


उजिरसिंह थापाले माथागढी, नुढाकोटगढी,काठेगढी, बुटोलगढी आदिमा युद्धका लागि मोर्चा कसे । “युद्ध हतियारले होइन, विचारले लड्ने हो” भन्ने मान्यताका साथ उनले गढी, कोट, किल्ला, थुम्को बाँधहरुमा छलियुद्ध गर्न थुपै्र नक्कलीरणनीतिहरु तयार गरे । उजिरसिंहसँग नेपाली गोर्खालीर पाल्पाली गरी बाह्र पल्टन फौज थिए भने अंग्रेजहरुसँग हातहतियारले सुसज्जित, बन्दूक, बारुद, मोटार गन सहितका चारहजार सैनिकहरु थिए । बुटोलगढी भन्ने ठाउँमा घोर घमासान लडाइ भयो । दुई/दुई पटक नेपाली सेनाले अंग्रेजहरुलाई लज्जाजनक रुपमा हराएर पठायो । संसार जित्ने अंग्रेजलाई उजिरसिंहले लडाइमा हराएकोले त्यस ठाउँलाई खुशीयालीमा जितगढी भनियो । नेपाल अंग्रेज युद्धमा धेरै ठाउँमा नेपालको हार भयो । नेपालले अंग्रेजलाई जितेको एकमात्र लडाइ यही जितगढीको हो । जितगढी अहिले बुटबलमा पर्दछ । लडाइमा वीर नेपाली सपूतहरु पनि मारिए । नेपालीहरु भन्दा अंग्रेजहरु धेरै मारिएर उनीहरुको धेरै क्षति भयो । अंग्रेजहरुको लडाइ नायक जनरत सुलेमान उड नालायकर कातर सावित भए । लडाइँ सकिए पछि भाकल अनुसार उजिरसिंहले भगवतीको विशाल मन्दिर बनाए । काठमाडौंबाट कालिगढहरु आए । प्रसस्त शिलाको मूतिलाई गर्भ मैराखेर अष्टधातुमा अठार प्रसस्त शिलाको मूर्तिलाई गर्भ मैराखेर अष्टधातुमा अठार बाहुकी भगवतीको मूर्ति स्थापना गरी नेपाली तले प्यागोडा शैलीमा मन्दिर बनाइयो । यो मन्दिर बनाउन छ वर्ष लाग्यो । सुनको गजूरराखियो । मन्दिरको नाम रणउजिरेश्वरी भगवती भनेर राखियो । आमारण कुमारीको नाममा मूलघण्ट चढाए । आफ्नो तरवार भगवती मातामा अर्पण गरे । पूजा गर्न पाटनबाट पूजारी र जात्रा चलाउनको लागि भादगाउँबाट जात्रा व्यवस्थापक झिकाए । मन्दिरमा नित्य पूजार जात्रा चलाउनको लागि गुठीको बन्दोबस्त गरिदिए । त्यसपछि वि.स. १८७७ देखि राष्ट्रिय उत्सवका साथ जात्रा चलाउन शुरु गरे । जुन जात्रा अहिले पनिराष्ट्रिय स्वाभिमानर विजयोत्सवको रुपमा मनाइन्छ । भगवती जात्रा पछि उनले तानसेनमा नारायण जात्रा, गणेश जात्रा, भिमसेन जात्रा निकाल्ने चलन चलाए । दश वर्षसम्म उनी पाल्पामा तैनाथवाला भएररहँदा आर्थिक, सामाजिक, सांस्कृतिक, जङ्गी तथा निजामति क्षेत्रमा थुप्रै नै सुधारहरु गर । अन्तमा पाल्पा गौंडाकोरखवाली गर्दा गर्दै बढी धपडी हुन गई औलोरोग लागेर उनी थलिए । उपचार गर्न उनलाई काठमाडौं लगियो तर निको भएन् । उन्तीस वर्षे कलिलो उमेर मै वीर कर्णेल उजिरसिंह थापा परमधाम गए । उनको दाहसंस्कार काठमाडौं आर्यघाटमा भयो । वीर उजिरसिंहको भाकल अनुसार, अंग्रेजलाई जितेको विजयोत्सवको सम्झना गर्दै महिषासुर मर्दिनी भगवतीको आशिर्वाद सहितको अपूर्वशक्ति प्राप्त गर्नका लागि हरेक वर्ष भााद्र कृष्ण नवमीको दिन भगवतीमातालाई खटमा विराजमान गराई बजार परिक्रमा गराइन्छ । यसरी दैवी शक्तिको आशिर्वाद लिदै वीर उजिरसिंहलाई सम्झदै, इतिहास, संस्कृतिर परम्पराको जगेर्ना गर्दै स्वाभिमानर गौरवका साथ चन्द्रसूर्य अंकित झण्डा पहराउँदै राष्ट्रिय पर्वको रुपमा भगवती जात्रा मनाइन्छ ।
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update