Shittalpati
जुनेली साहित्य समाज गठन

पाल्पा, जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।

समितिको अध्यक्षमा शिव कुमार रेग्मी चयन भएका छन् । जसको उपाध्यक्षमा नारायण कोइराला(पाल्पा), सचिवमा मुक्तिनाथ अधिकारी (भरतपुर), सह सचिव गोविन्द खनाल(पाल्पा), कोषाध्यक्ष ह्वारिस पंगेनी(बुटवल), सह कोषाध्यक्ष हाँसीकला हाँसी खतिवडा(कैलाली) रहेका छन् । त्यस्तै समितिको सदस्यहरूमा रिता खराल(रूपन्देही), कृष्ण रेग्मी(पाल्पा),लक्ष्मी अर्याल(अर्घाखाँची), निरञ्जन पोख्रेल(ललितपुर), रूपा गौतम–(निजगढ,बारा), सविता के.सी.(काठमाडौँ), शोभा अर्याल (बुटवल) रहेका छन् । त्यसै गरी मुख्य सल्लाहकारमा पुष्कर राजरेग्मी, सल्लाहकारमा रविन्द्र पोखरेल र शान्ता शाक्य रहेका छन् । त्यस्तै प्रेस सल्लाहकारको रूपमा तीतोपाटी मिडिया प्रा.लि.का आनन्द आचार्यलाइ चयन गरिएको छ ।

नव गठित अध्यक्ष रेग्मीले स्वदेश तथा विदेशमा छरिएर रहेका नेपाली साहित्यलाई माया गर्ने र नेपाली साहित्य प्रति रूचि भएका जो कोहि पनि समाजमा आवद्ध हुन सक्ने बताए । उनले जुनेली शीतको विकास, विस्तार र प्रवद्र्धनमा लाग्न सबैलाई आग्रह गरे ।

 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update