Shittalpati
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

पाल्पा, निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

सोमबार विहानैदेखि डोजर लगाएर पहिरो फाल्ने काम भएको र दिउँसो केही भाग फालेर एकतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । यो समाचार तयार पार्दासम्म पहिरो पूर्ण रुपमा हटाउन समय लाग्ने भएकाले तत्काललाई एकतर्फी रुपमा गाडी सञ्चालन गर्न दिइएको सडक डिभिजन कार्यालयका इञ्जिनियर रामपियारी चौधरीले बताए ।

आइतबार पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए । पानी रोकिए पछि सोमबार दिउँसो निरन्तर डोजर लगाएर पहिरो हटाउने काम भएको छ । सडक एकतर्फी सुचारु भएपछि रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update