Shittalpati
राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका प्रथम

पाल्पा, राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका आचार्य प्रथम भएकी छन् । शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको शीत तिज गीत प्रतियोगितामा पाल्पाली साहित्यकार आचार्य प्रथम भएकी हुन् ।
त्यस्तै नेपालगञ्जकी दिला शाह द्वितीय, स्याङ्जाकी गीता भट्टराई तृतीय, लमजुङका सुरेशचन्द घिमिरे चौथों र असम, भारतकी हिरनमयी शर्माले पाँचौ स्थान सहित सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सञ्जालमार्फत भाग लिएको प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट दस जना भित्रबाट सर्वोकृष्ट पाँच जनाको छनौट गरिएको थियो । हिन्दूहरूको महान चाड तिजको पूर्व सन्ध्यामा शीत काव्य समाज नेपालले राष्ट्रव्यापी रूपमा शीत तिज गीत प्रतियोगिता आयोजना गरेको हो । सामाजिक सञ्जाल मार्फत खुला रूपमा आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा शीत काव्य समाज नेपालका राष्ट्रिय सल्लाहकार डा. शैलेन्दु प्रकाश नेपाल, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी, साहित्यकार सीता बिष्ट कार्की सीबिका र शीत ईश्वर कृष्ण के.सी. रहेका थिए  । शीत सर्जकहरूले शीत तिज गीतको भिडियो बनाएर पठाएको प्रसारण सुखशान्ति टेलिभिजन काठमाडौंले गरेको छ । पुरस्कार वितरण आधुनिक साहित्य परिषदको चौथो बार्षिक दिवसको अवसरमा पारेर मंसिरमा काठमाडौंमा आयोजना गरिने छ  । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयीहरूलाई क्रमश ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार बराबरको साहित्यका कृतिहरू पुरस्कार, उपहार र सम्मान पत्रद्वारा प्रदान गरिने शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकले बताए ।


आज नेपालले राष्ट्रव्यापी रूपमा शीत तिज गीत प्रतियोगिता आयोजना गरेको हो । सामाजिक सञ्जाल मार्फत खुला रूपमा आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा शीत काव्य समाज नेपालका राष्ट्रिय सल्लाहकार डा. शैलेन्दु प्रकाश नेपाल, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी, साहित्यकार सीता बिष्ट कार्की सीबिका र शीत ईश्वर कृष्ण के.सी. रहेका थिए । शीत सर्जकहरूले शीत तिज गीतको भिडियो बनाएर पठाएको प्रसारण सुखशान्ति टेलिभिजन काठमाडौंले गरेको छ । पुरस्कार वितरण आधुनिक साहित्य परिषदको चौथो बार्षिक दिवसको अवसरमा पारेर मंसिरमा काठमाडौंमा आयोजना गरिने छ  । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयीहरूलाई क्रमश ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार बराबरको साहित्यका कृतिहरू पुरस्कार, उपहार र सम्मान पत्रद्वारा प्रदान गरिने शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update