स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता
बिहीबार, चैत १७, २०७८
माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ
बिहीबार, चैत १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले उत्पादन बढाउन किसानलाई मकैको बिउ दिएको छ । गाउँपालिकाको कृषि शाखाले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन बढाउने उद्देश्यले अनुदानमा उन्नत जातको मकैको बिउ दिएको हो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई गाउँपालिकाले मागको आधारमा बिउ वितरण गरेको छ । उसले स्थानीय सरकारको ७५ प्रतिशत र किसानको २५...
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण
बिहीबार, चैत १७, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् ।...
नेपालद्वारा मलेसिया पराजित
बुधबार, चैत १६, २०७८
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।
पत्रकार महासंघ ६७ औँ वर्षमा प्रवेश
बुधबार, चैत १६, २०७८
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ । नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको महासंघले बुधबार स्थापना दिवस मनाएको छ ।
चुनावको आश्वासनः विपन्नले पाए घर
बुधबार, चैत १६, २०७८
‘निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो ।
पिशाच चतुर्दशी र पाँहा चहेँ
बुधबार, चैत १६, २०७८
आज पिशाच चतुदर्शी र पाँहा चन्हे काठमाडौं, उपत्यकाका नेवारी समुदायको एक प्रमुख चाड । यस चाडलाई नेवारहरुले परापूर्वकाल देखिनै चतुर्दशीको दिन मनाउँदे आएका छन । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिवले पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले यस दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन
मंगलबार, चैत १५, २०७८
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गदै निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी इकाईमार्फत हतियार बुझाउन उल्लेख छ ।
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू
मंगलबार, चैत १५, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रि·नेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडा–वडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
पाल्पामा बढ्दै चुनावी दौडधुप
मंगलबार, चैत १५, २०७८
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन जिल्लाका राजनीतिक दलहरु सक्रिय भएका छन् । विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप गरिरहेका हुन् । सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन् । एमालेले...
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण
सोमबार, चैत १४, २०७८
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
थप २१ जनामा कोरोना
सोमबार, चैत १४, २०७८
नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको हो ।
टी–२० सिरिजमा नेपालको विजयी
सोमबार, चैत १४, २०७८
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार पपुवा न्युगिनी(पीएनजी)सँग भएको खेलमा नेपाल विजयी भएको छ । टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो ।


