गुल्मीको इस्मा –२ मा एमालेको किल्ला भत्कायो काँग्रेसले
सोमबार, जेठ २, २०७९
गुल्मीको दुई पालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले गुल्मीका दुई पालिकामा विजयी हासिल गरेको छ । दुई पालिकाको अन्तिम मतगणना सार्वजनिक हुँदा काँग्रेसले जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकामा विजयी हासिल गरेको हो । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
पाल्पाको माथागढीमा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जित्यो
सोमबार, जेठ २, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जितेको छ । यहाँ नेकपा एमालेका यमबहादुर चिदी मगरले ६ हजार १ सय ९ मत ल्याएर विजयी भने उनका निकटत्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन् ।
पाल्पाको तिनाउमा एमालेबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा गठबन्धनबाट थापा विजयी
सोमबार, जेठ २, २०७९
जिल्लाको तिनाउ गाउँपालिकामा एमालेबाट अध्यक्षमा र उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ९० मत ल्याएर विजयी भए भने उनका निकटत् प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।
सन्दर्भ : २५६६ औं बुद्ध जयन्ती, जय–बुद्ध जय–लुम्बिनी !
सोमबार, जेठ २, २०७९
बुढापाकाहरुले भन्दथ्ये, मरेपछि मात्र देखिन्छ स्वर्ग त्यहाँ ।
‘बौद्ध’ हामी भन्छांै बाँचेर पनि, देखिन्छ स्वर्गको टुक्रा यहाँ ।।
आज बुद्ध जयन्ती
सोमबार, जेठ २, २०७९
वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै
सोमबार, जेठ २, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधैँ लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।...
रम्भा गाउँपालिकामा पुनः मतदानको माग, मतगणना अवरुद्ध
आइतबार, जेठ १, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ । गठबन्धन दलहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका हुन् । उनीहरुले रम्भा गाउँपालिका–५, ताँहुमा ७४ मत फर्जी भेटिएपछि पुनःमतदान गर्न माग गरेका छन् ।
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
आइतबार, जेठ १, २०७९
जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी
आइतबार, जेठ १, २०७९
जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको–१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी भएका छन् ।
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
आइतबार, जेठ १, २०७९
जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति
आइतबार, जेठ १, २०७९
रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउँछन् । केही दिन अघि मत माग्न घरमा पुगेका उम्मेदवारहरु सामु उनले यही दुःखेसो पोखेका हुन् । उनी भन्छन्– ‘माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ ।...
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आइतबार, जेठ १, २०७९
आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।


-1762576335.jpg)