Shittalpati
शाइन रेसुङ्गा बैंकको तौलिहवामा नयाँ शाखा

पाल्पा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले सबै क्षेत्रका नागरिक समक्ष आफ्नो सेवा पुर्‍याउने उद्देश्य राखेर कपिलवस्तुको तौलिहवामा नयाँ शाखा विस्तार गरेको हो । शाखाको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले एक औपचारिक कार्यक्रमका बिच उद्घाट गरेका छन् ।

शाखाको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले सबै नागरिकको पुहँचमा वित्तिय सेवा पु¥याउन बैंकलाई आग्र गरे । उनले नगरमा वित्तिय संस्थाहरु धामाधम खुल्दै जानु सकारात्मक रहेको भन्दै बैंकहरुले विपन्न वर्गको क्षेत्रमा समेत आफ्नो सेवालाई थप चुस्त र प्रभावकारी बनाउन आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र विश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकि सेवा प्रदान गर्ने बताए । बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गर्न थालिएको भन्दै आगामाी दिनमा देशका ग्रामीण क्षेत्रमा समेत बैंकिङ्ग सेवा पु¥याउने बताए । अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् । बैंकका हाल ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका छन् । काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको एकमात्र विकास बैंकको लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update