Shittalpati
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने

पाल्पा, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर हुने करिब पक्का भएको हो ।

केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुङ्गो लगाइएको थियो । उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १ सय बराबर १ सय कित्ता नै हुँदा मेगा बैंकको १ सय कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको स्रोतले बताएको छ । यदि यी दुईबीच मर्जर सफल भए हालसम्मकै ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । जुन हाल वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ‘ग्लोबल आईएमई बैंक’को भन्दा ८ अर्बभन्दा बढी चुक्ता पुँजी पुग्नेछ । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । थप मर्जरपछि बन्ने बैंकको चुक्तापुँजीमा स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले ३४ अर्बभन्दा बढी हुनेछ । मर्जरका लागि दुवै बैंकको सञ्चालक समितिले अबको दुई हप्ताभित्रै सम्झौता गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update