नवजनचेतना राष्ट्रिय दैनिक २०७९ जेठ ७ गते शनिबार
शनिबार, जेठ ७, २०७९
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
शुक्रबार, जेठ ६, २०७९
देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
शुक्रबार, जेठ ६, २०७९
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका दुई शिक्षक पक्राउ परेका हुन् ।
रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना
शुक्रबार, जेठ ६, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा अझै पनि मतगणाना हुन सकेको छैन । वैशाख ३१ गते देखि स्थगित भएको मतगणना शुक्रबार विहानसम्म पनि सुरु हुन सकेको छैन । आज बिहान ७ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि हुन सकेको छैन । रम्भा गाउँपालिका –५, ताँहुको मतपत्र, सीसीटीभी फुटेज, मतपत्रका अर्धकट्टी छानबिनलगायत काममा भएको...
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
शुक्रबार, जेठ ६, २०७९
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पाल्पाका जनप्रतिनिधिले लिए शपथ
शुक्रबार, जेठ ६, २०७९
देशरभर स्थानीय तह निर्वाचनको मतगणना जारी भैरहँदा पाल्पाका नवनिर्वाचित प्रमुखहरुले भने बिहीबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले नव निर्वाचित नगर प्रमुख/अध्यक्षहरुलाई शपथग्रहण गराएका छन् ।
भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’
शुक्रबार, जेठ ६, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर प्रमुखबाट विदा भए पनि जनताको दुःख, सुखमा सँगै रहने बताएका छन् । बिहीबार जादा–जाँदै पाँच वर्षमा गरेका कामहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै भूसालले आफु पदबाट विदा भएपनि नगरवासीको सुख, दुखमा सँगै रहने बताएका हुन् । नगरप्रमुखबाट विदा भएपनि आफु तटस्थ नबस्ने उनले बताए ...
प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित
शुक्रबार, जेठ ६, २०७९
स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
बिहीबार, जेठ ५, २०७९
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बिहीबार, जेठ ५, २०७९
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम...
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
बिहीबार, जेठ ५, २०७९
गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता...
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
बिहीबार, जेठ ५, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन
बिहीबार, जेठ ५, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा जग्गा प्राप्तिका लागि एक हजार दुई सय २८ भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिएका छन् । ३५ दिनको अवधिमा एक हजार दुई सय ५ अव्यवस्थित र २३ सुकुम्बासीहरुले निवेदन दिएको गाउँपालिकाका अमिन लक्ष्मण घिमिरेले बताए । वडा वडाबाट संकलन भएका निवेदनहरु ल्याउने काम भइरहेको उनले जानकारी...


-1762576335.jpg)