Shittalpati
इन्धनको मूल्य फेरि बढ्यो

पाल्पा, नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको जनाएको छ । यसअघि जेठ १९ गते प्रतिलिटर १० रूपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको निगमले अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रूपैयाँ पर्ने जनाएको छ । खाना पकाउने ग्याँसको भाउ भने यथावत रहेको आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ । यो हटाउन अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि भाउ कम भएको थियो । त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १ सय ६६ रूपैयाँ छ । मूल्य समायोजन गर्दा पनि घाटा भएको भन्दै निगमले भाउ बढाएको हो । निगमका अनुसार नयाँ मूल्यअनुसार पनि आगामी १५ दिनमा करिब तीन अर्ब १ करोड ४२ लाख रूपैयाँ घाटा हुन्छ । पेट्रोलमा प्रतिलिटर २४.७९ रूपैयाँ र डिजेलमा १८.०१ रूपैयाँ घाटा छ । यसैगरि, प्रतिसिलिन्डर १ हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१.१४ रूपैयाँ घाटा हुने निगमको दावी जनाएको छ । ग्याँसको खरिद लागत २५५१.१५ रूपैयाँ छ । निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा लिटरको १७.०१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १७.३४ रूपैयाँ र बाÞयतर्फ ६४.५५ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोल र डिजेलको मूल्य वृद्धि भएको र निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको बक्यौता रकम बढेर २० अर्ब पुगेको भन्दै मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update