Shittalpati
अबको ध्यान अर्थतन्त्र सुधारमा होस्
अबको ध्यान अर्थतन्त्र सुधारमा होस् नेपालमा चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा संकटका रेखाहरु देखिन थालेका हुन् । त्यतिबेला सरकारको ध्यान राजनीतिक शक्ति संग्रह तथा स्थानीय चुनावमा केन्द्रित भएका कारण पनि अर्थतन्त्र सुधारतर्फ ध्यान जान सकेन । तर, यसो भन्दैमा सरकारले छुट पाउँदैन । त्यो समयमा पनि सरकारले अर्थतन्त्र सुधारका लागि केही पहल गर्नु पथ्र्यो ...
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।
दश नयाँ कोरोना संक्रमित थपिए
दश नयाँ कोरोना संक्रमित थपिए पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
निमावि लाइसेन्सको विज्ञापन खुला
निमावि लाइसेन्सको विज्ञापन खुला शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले सोमबारदेखि विज्ञापन खुला गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सोमबार दिउँसो तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
पाल्पाका एक्लो दलित वडाध्यक्ष
पाल्पाका एक्लो दलित वडाध्यक्ष पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण...
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी...
रम्भा गाउँपालिकामा एमालेको अग्रता
रम्भा गाउँपालिकामा एमालेको अग्रता जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ  ।
संस्थापक सेयर बेच्दै कुमारी बैंक
संस्थापक सेयर बेच्दै कुमारी बैंक कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको एक लाख २२ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उसले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार २ सय ८७ कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो...
Weather Update