Shittalpati
लुम्बिनीको नीति तथा कार्यक्रम पारित
लुम्बिनीको नीति तथा कार्यक्रम पारित लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति ल्याएसँगै गाभिने क्रम बढेको हो । यसैबिचमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले पनि एक आपसमा...
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्याक्टर दिइएको छ । गाउँ सरकारले यहाँका किसानहरुको कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर दिएको हो । गाउँपालिका भित्रका ७१ जना किसानले हाते ट्याक्टर अनुदानमा पाएका छन् ।
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पा खाद्यान्न लिएर तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेको छ । शनिबार बौद्ध युवा संघको आयोजनामा संघमा आवद्ध युवाहरु र बौद्ध महिला समितिका महिलाहरु आफ्नो वार्षिक उत्सवको अवसरमा खाद्यान्न लिएर आश्रम पुगेका हुन् ।
पाल्पाका पूर्वसांसद थापाको निधन
पाल्पाका पूर्वसांसद थापाको निधन ,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका  १० गेझामा निधन भएको हो ।
कृषि अनुदानको दुरुपयोग रोक
कृषि अनुदानको दुरुपयोग रोक सरकारले किसानलाई प्रोत्साहित गर्न हरेक वर्ष अनेकौं राहत र सुविधाका कार्यक्रम घोषणा गर्न छुटाउँदैन । यो वर्ष पनि यस्ता दर्जनभन्दा बढी कार्यक्रम सञ्चालनमा छन् ।
इन्धनको मूल्य फेरि बढ्यो
इन्धनको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो ।
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो स्थानीय तहको निर्वाचन सकिएपछि देशभरका जिल्लाहरुमा जिल्ला समन्वय समितिको निर्वाचन २०७९ हुन लागेको छ । पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि समय तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले पाल्पामा असार ३ गते र गुल्मीमा असार १ गते निर्वाचनको समय तालिका सार्वजनिक गरेका छन् ।
बजेट कार्यान्वयनमा कठिन : पूर्वगभर्नर नेपाल
बजेट कार्यान्वयनमा कठिन : पूर्वगभर्नर नेपाल नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट कार्यान्वयनमा कठिन रहेको बताएका छन् । शुक्रबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र बजेट विषयक छलफल कार्यक्रममा पूर्वगभर्नर नेपालले बजेका उद्देश्यहरु राम्रा भए पनि कार्यान्वयनमा कठिन रहेको बताएका हुन् ।
Weather Update