Shittalpati
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार

पाल्पा, रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका ७ जनाकै जीवितै उद्दार गरिएको छ । विहीबार रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा जीवितै उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

डुंगामा ७ जना सवार रहे पनि एक जनाको चालकले तत्कालै उद्धार गरेका थिए , भने अन्य ६ जनालाई भने स्थानीय प्रहरीले एक घण्टापछि फेला पारेको हो । उनीहरूले लाइफ ज्याकेट लगाएका कारण ठूलो दुर्घटना हुन नपाएको प्रजिअ पन्तले बताए । पन्तका अनुसार बेपत्ता भएकाहरु डुंगा पल्टिएको स्थानदेखि एक किलोमिटर तल फेला परेका हुन् ।

र्याफ्टिङ गर्नेहरू सबै भारतीय पर्यटक रहेका छन् । बेपत्ताको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update