Shittalpati
परासीमा गोली चल्यो

परासी, पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन ।

सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहार गर्ने यादव फरार रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update