पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
मंगलबार, माघ ३, २०७९
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
मंगलबार, माघ ३, २०७९
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...
पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने
मंगलबार, माघ ३, २०७९
विद्युतीय राहदानीका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ११ घण्टा सेवा शुरु गरेको छ । सेवाग्राहीको भिड र मागको आधारमा राहदानीका लागि कार्यालयले विहान ८ बजे देखि १० बजे सम्म, १० बजेदेखि ४ बजे सम्म र ४ बजेदेखि बेलुका...
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन
मंगलबार, माघ ३, २०७९
पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण
मंगलबार, माघ ३, २०७९
जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।
थप छ क्रसर उद्योग बन्द
मंगलबार, माघ ३, २०७९
पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
कस्तो नेपालको सत्ता राजनीति ?
मंगलबार, माघ ३, २०७९
कुनै देशको विकास र जनताको जीवनस्तर सुधारका लागि त्यस देशमा साशन गर्ने राजनीतिक दल र तीनका नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस कुरामा कसैको दुई मत पनि नरहला । विडम्बना नेपालका राजनीतिक दल र तीनका नेतृत्वकर्ताको सत्ता केन्द्रीत राजनीतिले दशकौं देखि यो देशमा प्रश्रय पाईरहेको देखिन्छ ।
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।
लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
आइतबार, माघ १, २०७९
ल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।


