पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान आइतबार पोखराको घारी पाटनमा दुर्घटना भएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई
शनिबार, पुस ३०, २०७९
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको अध्यक्षमा जगदीश भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार तानसेनमा भएको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पत्रकार, सहकारी अभियान्ता राजनीतिकर्मी भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे
शनिबार, पुस ३०, २०७९
जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २३ औं वार्षिक साधारण सभा तथा सातांै अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले अबको आवश्यकता भनेको प्रविधियुक्त सहकारी बनाउनु रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
शनिबार, पुस ३०, २०७९
पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो ।
सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहन्छ : केन्द्रीय सदस्य सतार
शनिबार, पुस ३०, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहने बताएका छन् । लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी गर्ने बताए ।
विकास निर्माण र सेवा प्रभावकारी बनाउने सर्वदलीय निर्णय
शनिबार, पुस ३०, २०७९
पाल्पाको विकास निर्माण र सरकारी सेवालाई प्रभावकारी बनाइने सर्वदलीय निर्णय भएको छ । प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/अध्यक्ष, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको बैंठकले जिल्लाको सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै
शनिबार, पुस ३०, २०७९
सामाजिक सञ्जाल मार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पुर्याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् । सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले...
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
शनिबार, पुस ३०, २०७९
हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी
शनिबार, पुस ३०, २०७९
२०१३ सालमा चितवनमा स्थापना भएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । मुलुकमा सहकारी ऐन २०१६ जारी भए पछि सहकारीले कानुनी मान्यता पाएको हो । नेपालमा भएका विभिन्न विषयगत र नियमित ३० हजार भन्दा धेरै सहकारीहरुले मुलुकको (जिडिपी) अर्थात् प्रतिव्यक्ति आयमा तीन प्रतिशत भन्दा धेरै योगदान गरेका छन् ।
लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
लुम्बिनीमा मन्त्रालय घटाइयो
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।
रिहा भए सन्दीप लामिछाने
शुक्रबार, पुस २९, २०७९
क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।


