Shittalpati
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको छ ।
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले आइताबारदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ...
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो ।
लोक सिर्जनामा पाल्पालीको शान
लोक सिर्जनामा पाल्पालीको शान पाल्पा हुनुको पहिचान धेरै छन् । पहिचानका पदचाँप अनन्तः सम्म रहिरहन्छन् । लोकमय लालित्यका लहर कम्तिका छैनन् । यही लोकका मौलिक सिर्जना हाम्रा अनन्य चिनारी बनेका छन् । लोक भनेको समाज हो । समाज लोप हुन शदियौं लाग्ला । लोकको स्वरुप र परिभाषा फरक–फरक हुन सक्छ । समाज वा लोकलाई...
अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले
अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । वि.सं. २०३३ पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए । सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिन्छ ।
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य आनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सर्जुलाल बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको सहकारीको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले बज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीमा लामो समय कूूशल नेतृत्व प्रदान गर्दै आएका बज्राचार्य आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका...
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंक पाल्पा शाखाले क्यूआर कोड सञ्चालनमा ल्याइएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
Weather Update