Shittalpati
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा

पाल्पा, राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको रामपुरमा सार्वजनिक विदा हुने भएको छ । रामपुर नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाहुल्यता रहेको यहाँ उनीहरुको पहिचान, भाषा संस्कृतिको संरक्षणका लागि दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । विगतका केही बर्षदेखि नगर सरकारले मगर दिवसका दिन सार्वजनिक विदा दिर्दै आएको छ । यस वर्ष पनि उसले निरन्तरता दिने भएको हो ।

सो दिन यस क्षेत्रमा बसोबास गर्ने मगर समुदायले उत्सवको रुपमा मनाउने भएकाले कार्यापालिका बैंठकबाट सार्वजनिक विदा दिइने निर्णय गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उक्त दिन विद्यालय लगायत नगरपालिका मातहतका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने उनले जानकारी दिए । फागुन १५ लाई यस क्षेत्रमा बसोबास गर्ने मगर समुदायले विभिन्न सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गर्दछन् । यस बर्ष पनि एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघको संयुक्त आयोजनामा राष्ट्रिय मगर एकता दिवस मनाउने तयारी रहेको एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका नरेन्द्र कुमार जर्घाले जानकारी दिए ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ । मगर बाहुल्यता रहेको पाल्पामा विगतका वर्षहरुमा दिवसका दिन अधिकासं स्थानीय तहहरुले सार्वजनिक विदा दिदै आएका छन् । विगतमा तानसेन नगरपालिकाले विदा नदिए पनि यसवर्षदेखि भने दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update