Shittalpati
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका सराईमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आइतबारदेखि १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले उद्घाटन गरेका हुन् । खेल उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य आचार्यले पालिकास्तरमा रहेका खेलमैदानको स्तरउन्नति गर्दै सदरमुकाम केन्द्रीत खेल प्रतियोगितालाई ग्रामीण क्षेत्रमा आयोजन गर्न आफ्नो पहल रहने बताए । माथागढी क्षेत्रको माडी क्षेत्रलाई समेटेर उच्चस्तरको मैदान निर्माण गर्न खेलकुद प्रतियोगिताले सहयोग गर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव दिपक नेपाल,माथागढी गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रतियोगितामा दुई नगरपालिका र ८ गाउँपालिका स्तरीय प्रतियोगितबाट छनौट भएका खेलाडीबीच जिल्ला स्तरीय प्रतियोगिता भएको हो ।

प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । उद्घाटन कार्यक्रमको जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष दिपक घिमिरेको अध्यक्षता, सुनिल कार्कीको स्वागत, भरत शर्माको सञ् चालनमा भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update