Shittalpati
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले खेलाडीहरुको बिमा गरिदिने भएको छ । उसले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको हो ।

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भई जिल्लास्तरिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नगर सरकारले बिमा गरिदिने निर्णय भएको प्रेस सल्लाहकार दानुु हिस्की मगरले बताए ।

यहाँबाट आइतबारदेखि माथागढीको सराईमा हुन लागेको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यार्थीहरु खेलाडीहरुलाई सहभागी भएका छन् । ति खेलाडीहरुको सुरक्षा र हौसलाका लागि प्रत्येक खेलाडीको पाँच लाख बराबरको सामुहिक दुर्घटना बिमा गरिदिने नगर प्रमुख रमण बहादुर थापाले बताए । उनले खेलाडीको हौसला र सुरक्षाका लागि नगरपालिकाले ७६ जना खेलाडीहरुको सामुहिक बिमा गरिदिने लागिएको बताए । बिमाले विद्यार्थी खेलाडीहरुको हौसला बढ्ने र खेलप्रति उनीहरुको थप रुची जाग्नेमा नगर प्रमुख थापाले विश्वास लिएका छन् । रामतुलसी मध्यमिक विद्यालयको सभाहलमा खेलाडीहरुलाई जर्सी वितरण गर्दै थापाले यस्तो बताएका हुन् । उनले अनुशासनका साथ रामपुर नगरपालिकाको शान र गौरवका लागि उत्कृष्ट खेल खेल्न समेत खेलाडीहरुलाई आग्रह गरेका छन् । खेलले विद्यार्थीहरुको शारिरिक र मानसिक दुवै विकास गर्ने बताउँदै थापाले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्नुपर्नेमा जोड दिए । जर्सी वितरण कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यार्थीहरुलाई रामपुर नगरपालिकाको गरिमा उच्च राख्न अनुशासित भएर खेल खेल्न निर्देशन दिए ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update