सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन
मंगलबार, पुस १९, २०७९

लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता
मंगलबार, पुस १९, २०७९
लुम्बिनी प्रदेशका तीन ठूला दलले संसदीय दलको नेता चुनेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, कांग्रेस र माओवादीले प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन गरेका हुन् ।

‘लक्ष्मीनारायण धर्मशाला’ आकर्षणको केन्द्र बन्दै
मंगलबार, पुस १९, २०७९
कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् ।
.jpg)
पूर्वखोलाले ल्यायो अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम
मंगलबार, पुस १९, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिकाले अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाले समाजमा जेष्ठ नागरिकको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारलाई सुुनिश्चित गर्दै अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम ल्याएको हो । यो कार्यक्रम पालिकामा आइतबारदेखि सुरु भएको छ ।

उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी
सोमबार, पुस १८, २०७९
कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग बन्द समेत भएका थिए । कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय अझै पनि पुरानै लयमा फर्कन सकेका छैनन् ।

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा
सोमबार, पुस १८, २०७९
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेतामा चयन गरेको हो ।

लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी
सोमबार, पुस १८, २०७९
नेपाली काँग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा सोमबार बिहान भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

टोपी दिवस : सामाजिक सञ्जालमा देखिएका दृश्यले जोगाउला परम्परा र राष्ट्रियता ?
सोमबार, पुस १८, २०७९
आइतबार सामाजिक सञ्जालमा केही नेपालीले टोपी लगाएको तस्वीर राख्दै क्याप्सन लेखे– ‘टोपी दिवस ।’ सामान्य अवस्थामा टोपी नलगाउनेहरुले पनि टोपी दिवसकै लागि भनेर सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाए । अझ कोहिल्यै पनि नलगाउने महिलाहरुले समेत टोपी लगाएका तस्वीर फेसबुुकमा पोष्ट गरेको पाइयो ।

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत सहभागी
सोमबार, पुस १८, २०७९
गुल्मीमा कूल जनसंख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको संख्या कम देखिएको हो ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, पुस १८, २०७९
भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको छ ।

ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति
सोमबार, पुस १८, २०७९
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार
सोमबार, पुस १८, २०७९
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले आइताबारदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ...

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी
आइतबार, पुस १७, २०७९
नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।