Shittalpati
परियार समुदायकोे एकता र पाल्पा गुठी
परियार समुदायकोे एकता र पाल्पा गुठी परियार समुदायलाई दमाई, ढोली आदि नामले पनि चिनिने गरिन्छ । सुदुर पश्चिममा ढोली, आउजी, हुड्के आदि विशेषणवाट पनि चिनिन्छन् । पूर्विय दर्शन मान्नेहरु या हिन्दु धर्म मान्नेहरुले मन्दिर या पूजा स्थलमा नगरा, ढोल, दमाहा आदि बजाएर पुजा गर्ने चलन छ । विशेषत : दमाहा बजाएको हुनाले दमाहाको अपभ्रंश भई दमाई...
गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक
गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक शेयर सदस्यहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले संस्थाको पहिचान दिन र शेयर सदस्यहरुलाई संस्थाप्रति अपनत्व ग्रहण गराउने उद्देश्यले सहकारीको लोगो सहितको ट्रयाक सुट र सुुईटर वितरण गरेको हो ।
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...
ब्याजदर घटाउन व्यवसायीको माग
ब्याजदर घटाउन व्यवसायीको माग नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घको टोलीले आज अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले ‘वायरलेस नमस्ते वाइफाई सेवा सुुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
राजस्व सुधारका लागि छलफल
राजस्व सुधारका लागि छलफल पछिल्लो समय स्थानीय तहको आन्तरिक आय अवस्था अत्यन्त कमजोर देखिएको छ । संविधान र स्थानीय सरकार सञ्चारलन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहको कर संकलनको दायरा स्पष्ट गरे पनि राजस्व परिचालन गर्न नसक्दा आन्तरिक आय कमजोर देखिएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६८ औं वार्षिक साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमकाबिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् ।
अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ
अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन भन्दा बढी भएको छ । यसबीचमा मन्त्रिपरिषद् फेरबदल भए । फलतः यो पछिल्लो कार्यविभाजन हो । तथापि अझै केही प्राविधिक कारणले मन्त्रिपरिषद्ले अन्तिम पूर्णता भने पाएको छैन । तर पनि अब यो सरकारलाई काम नगर्ने छुट भने छैन ।
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ निस्दी खोलामा डुबेर एक बालिकाको मृत्युु भएको छ । पौडी खेल्ने क्रममा अचनाक पानीमा डुवी झिरुवासका बेदबहादुर सोतीको ७ वर्षीया छोरी उस्मी सोतीको मृत्युु भएको हो ।
Weather Update