Shittalpati
तानसेनमा नेपाली पोशाक बनाउने तालिम

पाल्पा,तानसेनमा नेपाली पोशाक बनाउने तालिम सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा तानसेन–३ बसन्तपुरमा सोमबारदेखि तालिम सञ्चालन भएको हो ।

एक महिनासम्म सञ्चालन हुुने तालिमको एक औचापरिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । तालिमको वडा अध्यक्ष बाबुरत्न शाक्यले उद्घाटन गरेका हन् । तालिमको उद्घाटन गर्दैै प्रमुख अतिथि समेत रहेका शाक्यले आर्थिक उपार्जन गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । तालिममा सिमित नभई व्यावहारिक हुनुपर्नेमा जोड दिए । पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिंहले पाल्पा उद्योग बाणिज्य संघ सधैं पाल्पाका व्यावसायी तथा उद्योगीहरुको हकहितमा काम गरिरहेको बताए । उनले सीपमूलक तालिमको बजार माग अनुसार विभिन्न दातृनिकायसँग सहकार्यमा विभिन्न सीप मुलक तथा परामर्शका तालिमहरु सञ्चालन गर्न हातेमालो गरेको बताए । कार्यक्रममा सिलाइकटाई संघ पाल्पाका अध्यक्ष सुनिल बुढाथोकीले काम जानी सकेका र कामलाई अझस्तर उन्नती गर्न चाहानेका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमा शिव इन्ष्टिच्युट अफ मल्टि टेक्निकल एजुकेशन प्रालि पाल्पाका निर्देशक कमल भट्टराई, प्रशिक्षक कमला श्रेष्ठ लगायतले तालिममा दिने विषयहरुमा ध्यान दिएर सिक्न तालिममा सहभागीहरुलाई आग्रह गरे । जिल्लाका २० जनाको सहभागिता रहेको छ । यस तालिममा नेपाली पोशाक दौरा सुरुवाल र चौबन्दी चोली बुनाई गरी दक्ष बनाउने भन्ने उद्देश्यले घरेलुु तथा साना उद्योग कार्यालयले योजना बनाएको तालिम संयोजक मनोज घिमिरेले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत थमन बहादुर सारुकोे अध्यक्षता, उद्यमविकास सहजकर्ता तथा तालिम संयोजक मनोज घिमिरेले सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update