Shittalpati
ताहुँको वन कार्यालयको भवन निर्माणकार्यमा लापर्बाही
निर्माण सामग्री बनाउँदा, अर्थात सिमेन्ट र गिट्टी बालुवा मिश्रण थर्दा मिक्चर मसीनको प्रयोग हुनुपर्नेमा सो नभएको ।

हाम्रा संवाददाता
पाल्पा, रम्भा ५ ताहुँको धोवादी स्थित वन कार्यालयको सव डिभिजन वन कार्यालय निर्माणका क्रममा ठेकेदारको चरम लापर्बाहीलाई जिल्ला वन कार्यालयले समयमै अनुगमन नगर्दा लार्पवाही भएको स्थानीयको गुनासो छ । निर्माण गर्दा जगमै सम्झौता अनुसारको गुणस्तर नभएको उपभोक्ताले दावा गरेका छन् ।

ओपिसी सिमेन्ट हुनुपर्नेमा पिपिसी सिमेन्टको प्रयोग भएको छ ।

प्रदेश सरकारको बजेटमा ताहुँको धोवादीमा ३० लाखको लागतमा वन सव डिभिजन कार्यालय निर्माण कार्यका लागि भएको ठेक्का अनुसारको काममा ठेकेदारले जग ढलाई गर्ने क्रममै कमसल समान प्रयोग गर्दा पनि अनुगमनकारी निकायको ध्यान जान सकेन । ठेकेदारले लार्पवाही गर्दा पनि सरोकारवाला कार्यालय देखे नदेखे जस्तो गर्ने कार्य प्रति स्थानीय वासिन्दा र जनप्रतिनिधीहरुले गुनासो गरेका छन् । ३० लाखको काम छिटो छिटो सकेर भुक्तानी लिनका लागि जग ढलाई गर्ने क्रममा जमिन मूनि खनिएको खाल्टोका डण्डीको पीदमा सिमेन्टको मसाला प्रयोग गर्नुपर्नेमा त्यसो नगरेर, डण्डी एकातर्फ र अर्को तर्फ मसाला राखेर झारा टार्ने काम भएको छ ।

सव डिभिजन वन कार्यालय ताहुको भवनको जग राख्ने क्रममा फलामे डण्डी एकातर्फ र मसाला अर्को तर्फ ।

ठेकेदारले गरेको सम्झौतामा मिक्चरको सहायताले मसाला मुस्नुपर्नेमा त्यो समेत भएको छैन । सम्झौतामा ओपिसी सिमेन्ट प्रयोग गर्ने भनिएको भएतापनि त्यहाँ पिपिसी सिमेन्ट प्रयोग भएको देख्न सकिन्छ । गुनासोका सम्बन्धमा डिभिजन जिल्ला वन कार्यालय पाल्पाका प्रमुख नारनदेव भट्टराईले गुनासो आएपछि सम्बन्धित फिल्ड हेर्ने इन्जिनियरलाई खटाई सकेको जानकारी दिए ।

सोही कार्यालयका इन्जिनियर बालकृष्ण कार्कीसंग गुनासोका विषयमा बुझ्दा ‘गुनासो आएको छ,, हामी अनुगमन गर्छौ’ भने । सो विषयमा रम्भा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तुजंग रानासंग सम्पर्क गर्दा, प्रदेश सरकारको लगानीमा वन सव डिभिजन कार्यालयको भवन बन्ने कुरा सुनेको छु, तर त्यस बारे आफुलाई थाहा नहुने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update